नवरात्रीको दोश्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिदै

काठमाडौँ :  दशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ ।

 

देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्न भक्तजनहरुको विभिन्न शक्तिपीठमा ठूलो घुइचो लागेको छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रहृमचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।

 

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित हुने शास्त्रहरुमा उल्लेख गरिएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।

 

माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन र श्रवणसमेत गर्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस

आज ७१ औँ विश्‍व मानव अधिकार दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै

  काठमाडाैँ  /  आज ७१ औँ विश्‍व मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।   सन् १९४८ डिसेम्बर १० तारिखका दिन पहिलाेपटक

नेपालका १६ औं राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको १३५ औँ जन्मजयन्ती मनाइँदै

  काठमाडाैं, २५ कात्तिक । नेपालका १६ औं राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती इलामसहित पूर्वी नेपालका

किराँत धर्मावलम्बीको महागुरु ‘फाल्गुनन्द जयन्ती’का अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना

  काठमाडाैं, २५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक

↑