चिचिलामा 'मल्लट्स'को बढ्दो आक्रमण
शनिबार, २३ साउन ।
प्रेम निरौला/चिचिला ।
सङ्खुवासभाको चिचिला गाउँपालिकाको बन र खाली भूभागमा परम्परागत रुखहरुलाई 'मल्लट्स (Mallotus)' भनेर चिनिने रैथाने वनस्पतिले विस्थापन गरिरहेको छ । खासगरी कटुस र लालीगुराँसका ठुला बन बुट्यानहरु विस्थापनको क्रममा देखिएका छन् ।
बैज्ञानिक नाम (Genus: Mallotus Lour) भनेर चिनिने 'युफोर्बियासी (Euphorbiaceae)' परिवारको यो 'मल्लट्स' निक्कै छिटो बढ्ने रुख हो । खाली जमिन, पहिरो, खोला किनार, भीर, पहरा, पातला र साना बन बुट्यान भएका ठाउँहरुमा यो विरुवाको फैलावट तिब्र बनेको छ ।
चिचिला गाउँपालिका वडा नं. ४ मत्स्यपोखरीको करिब १६०० मिटर उचाइमा रहेको देवकुमारी निरौलाको निजी वनमा गत वर्षसम्म कटुसका बुट्यानहरू थिए । त्यहाँको बुट्यान फाडियो र एकै वर्षको अवधिमा सो क्षेत्रमा ९५ प्रतिशतसम्म 'मल्लट्स (Mallotus)' को जंगल बन्यो । मत्स्यपोखरीमा स्थानीयले 'मल्लट्स'लाई 'माल्ता' भनेर चिन्ने गरेका छन् । त्यहाँ गणेश गुरुङको कटुस वनमा पनि लकडी (काठका मुढा) काटेपछि फेरि सोही विरुवा पलाउने आशा थियो तर अचम्मले माल्ताको बन बढेको उनले वताए ।
चिचिला -४ कै करिब १८०० मिटर उचाइको तीनपोखरीमा खितेम्बा शेर्पाको पात्ले कटुसको बन पुरै लकडीमा ठेक्का दिइयो । लकडीवालले दाउरा पनि लगे र बन नाङ्गो थियो । त्यो ठाउँ आहिले पुरै माल्ताघारी बनेको छ । उता चिचिला -५ को देवीटार, माङ्माया र आसपासको क्षेत्रमा पनि 'मल्लट्स' र उत्तिस रैथाने विरुवा बनेर जताततै फैलिएको ५ नं. वडाध्यक्ष चन्द्रबीर राईले वताए । विगतमा उत्तिस रुखको खेती नै विस्तार गरिएको हो तर 'मल्लट्स' खेती गरिएको थिएन । देवीटारमा 'मल्लट्स' लाई कसैले माल्ता र धेरैले मलातो भनेर चिन्ने गरेको अध्यक्ष राईले वताए ।
'मल्लट्स'ले चिचिलाको गुराँस बनमा समेत कब्जा जमाउँदै आएको देखिन्छ । बाँझो जमिन; पातला रुख भएको जङ्गगल; बुट्यान र खोला पहिरो भीर ढाँड लगायतका ठाउँमा यो विरुवाको फैलावट तिव्र भएको टाढैबाट पनि नियाल्न सकिन्छ । यो विरुवा अग्लो रुख र ठुला पात हुने भएकोले अरु प्रजातिका विरुवाबाट प्रष्ट छुट्टिन्छन् । यो विरुवा पनि राम्रो दाममा लकडी विक्रि हुने भएपछि किसानले यसलाई वेफाइदा होइन फाइदाका रुपमा लिएको वताए । माल्ता/मलातोको फैलावटसँग स्थानीय बेखुशी नभएको वताउँछन् ।
'मल्लट्स' विरुवाको साना गेडा फल लाग्ने र त्यो फल जुरेली, कालो काग, ठेउवा, ढुकुर, चमेरो लगायतले खान मन पराउने भएकोले उनीहरुको दिसा मार्फत बीउ टाढा-टाढासम्म पुग्ने अनुमान गरिएको छ । चिचिला लगायत समग्र अरुण उपत्यका चरा वासस्थानको हब हो । यो क्षेत्रमा हिउँद लाग्नासाथ रुसको साइवेरीयावाटै हिमालको हिउँ छल्न अनेक प्रजातिका चराहरू आउने गर्दछन् ।
"रैथाने बन खाँदै मल्लट्स (Mallotus)" :
यो विरुवाले तत्कालका लागि नाङ्गो जमिन ढाकेर भू-क्षय रोक्न सहयोग गरे तापनि, यसको अति-तीव्र वृद्धिका कारण स्थानीय मुख्य प्रजातिहरू (जस्तै: पात्ले कटुस, मुसुरो, गुराँस, चिलाउने, ओखर आदि) का साना बिरुवाहरूले घाम र ठाउँ नपाएर मासिने जोखिम बढेको छ।विश्वभर यस प्रजाति (Genus) अन्तर्गत करिब १५० भन्दा बढी प्रजातिहरू पाइन्छन् । नेपाल र यस आसपासका हिमाली/पहाडी वन क्षेत्रमा मुख्यतया 'Mallotus nepalensis', 'Mallotus paniculatus', 'Mallotus japonicus', 'Mallotus tetracoccus' जस्ता प्रजातिहरु रैथाने बनस्पतिका रुपमा विकास हुँदै आएको देखिन्छ ।
स्थानीय नाम 'रोहिणी/मल्लट्स' मध्य-पहाडी (१,७०० देखि २,५०० मिटर उचाईको) क्षेत्रमा पाइने सानोदेखि मध्यम खालको रुख वा झाडी हो । पहाडी वनस्पतिमा तीव्र फैलावट हुने प्रजातिहरूमा यो पर्छ । यसैगरी, ' रोहिणी / सिन्दूरे (Mallotus philippensis)' तल्लो पहाडी तथा तराई क्षेत्र (१,६०० मिटरसम्म) मा पाइने सदाबहार रुख हो । यसको फलबाट सिन्दूरजस्तो रातो रङ/धुलो (Kamala dye) निकालिन्छ । यस्ता विरुवालाई कतिपय स्थानीयले 'कमला' नामले पनि चिन्दछन् ।
मुख्यतया सानादेखि मध्यम खालका रुख (Trees) वा झाडी (Shrubs) को रुपमा पाइने यो विरुवा ‘पायोनियर स्पिसिज’ (Pioneer species) हो । यही कुरा नेपालीमा 'अग्रगामी प्रजाति (Pioneer Species)' भनेर बुझिन्छ । वन विनाश भएको वा खाली भएको ठाउँमा यो तीव्र गतिमा फैलिन्छ र रैथाने प्रजातिहरू (जस्तै- कटुस, उत्तिस, सल्लो) लाई विस्थापित गर्न सक्छ । यो ठुला पात भएको छिटो बढ्ने हुनाले अन्य विरुवालाई हुर्कन दिदैनन् ।
राजनीति, कुटनीति र सबै सामाजिक सञ्जालभन्दा उच्च बन्नुपर्छ आजको पत्रकारिता
प्रेम निरौला/ सङ्खुवासभा । आज हामी यस्तो संवेदनशील र जटिल मोडमा उभिएका छौँ, जहाँ एकातिर हामी निरन्तर समाचार लेखिरहेका छौँ भने अर्कोतिर त्यही
"पत्रकारिताको ढुकढुकी हो छापामाध्यम - देश र राजनीतिको पनि"
प्रेम निरौला/सङ्खुवासभा । नेपालको सञ्चार इतिहासको पाना पल्टाएर हेर्ने हो भने लोकतन्त्रको पुनर्बहाली, नागरिक अधिकारको प्राप्ति र निरङ्कुशता
हिमाली वातावरणले पचाउँदैन हामी पहाडीयाहरुको हाक्पारे र होहल्ला
प्रेम निरौला/सङ्खुवासभा । आफैँमा अनन्त मौनता बोकेर उभिएका हिमाली चुचुराहरू, बरुणको सुसाहट र एकान्तमा गुञ्जने धुपीका पातहरूको मर्मर ध्वनिसँगै






प्रतिकृया दिनुहोस