कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो : एकदै दिन ३५ सयको मृत्यु,
काठमाडौं / विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ८५५ पुगेको छ ।
अहिलेसम्म विश्वभर ६ लाख ६३ हजार १६८ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख ४१ हजार ९५३ उपचारपछि घर फर्किएका छन् । अहिले ४ लाख ९० हजार ३६० जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये २५ हजार २१० जना भने गम्भीर अवस्थामा छन् ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली र त्यसपछि स्पेन पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ । चीनमा भने ३ हजार ३ जनाले कोरोना कोरोनाका कारण ज्यान गुमाएका छन् ।
इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८८९ जनाको मृत्यु भएको छ भने ५ हजार ९७४ जना नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा ९२ हजार ४७२ जनामा कोरोनाको संक्रमण भएको छ । तीमध्ये १२ हजार ३८४ जना पूर्ण रुपमा निको भएका छन् । ७० हजार ६५ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । संक्रमितमध्ये ३ हजार ८५६ अवस्था गम्भीर रहेको छ ।
चीनमा अहिलेसम्म कुल ८१ हजार ४३९ जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले २ हजार ६९१ जनामा मात्रै कोरोनाको संक्रमण छ । ७५ हजार ४४८ भने पूर्ण रुपमा निको भइसकेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
स्पेनमा अहिलेसम्म ५ हजार ९८२ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ८४४ जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
स्पेनमा अहिलेसम्म ७३ हजार २३५ जनामा संक्रमित भएको छन् । तीमध्ये १२ हजार २८५ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले इटालीमा ५४ हजार ९६८ जनामा कोरोना संक्रिया रहेको छ । तीमध्ये ४ हजार १६५ जनाको अवस्था गम्भीर रहेको छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अमेरिकामा अहिलेसम्म २ हजार २२१ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख २३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामै अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने १९ हजार ३०२ जना नयााँ संक्रमित थपिएका छन् ।
एकदै दिन ३५ सय बढीको मृत्यु
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ५०८ जनाको मृत्यु भएको छ । पछिल्लाे २८ घण्टामा सबैभन्दा बढी इटालीमा ८८९ मृत्यु भएकाे छ । त्यसपछि स्पने ८८४, अमेरिकामा ५१५, जर्मनीमा ८२, फ्रान्स ३१९, इरानमा १३९, बेलायतमा २६०, स्वीजरल्याण्मा ३३, नेदरल्याण्डमा ९३, दक्षिण काेरियामा ५, बेल्जियममा ६४, अष्ट्रलियामा १० र टर्कीमा १६ जनाकाे मृत्यु भएकाे छ ।
अरू कुन देशका कित मेरे ?
–जर्मनी
मृत्यु हुने : ४३३
कुल संक्रमित : ५७, ६९५
निकाे हुने : ८, ४८१
गम्भीर अवस्था : १,५८१
–फ्रान्स
मृत्यु हुने : २,३१४
कुल संक्रमित : ३७,५७५
निकाे हुने : ५,७००
गम्भीर अवस्था : ४,२७३
–इरान
मृत्यु हुने : २,५१७
कुल संक्रमित : ३५,४०८
निकाे हुने : ११,६७९
गम्भीर अवस्था : ३,२०६
– बेलाय
मृत्यु हुने : १,०१९
कुल संक्रमित : १७,०८९
निकाे हुने : १३५
गम्भीर अवस्था : १६३
-स्वीजरल्याण्ड
मृत्यु हुने : २६४
कुल संक्रमित : १४,०७६
निकाे हुने : १,५३०
गम्भीर अवस्था : ३०१
-नेदरल्याण्ड
मृत्यु हुने : ९३९
कुल संक्रमित : ९,७६२
निकाे हुने : ३
गम्भीर अवस्था : ९१४
-दक्षिण काेरिया
मृत्यु हुने : १४४
कुल संक्रमित : ९,४७८
निकाे हुने : ४,८११
गम्भीर अवस्था : ५९
-बेल्जियम
मृत्यु हुने : ३५३
कुल संक्रमित : ९,१३४
निकाे हुने : १,०६३
गम्भीर अवस्था : ७८९
-अष्ट्रलिय
मृत्यु हुने : ६८
कुल संक्रमित : ८,२७१
निकाे हुने : २२५
गम्भीर अवस्था : १३५
-टर्की
मृत्यु हुने : १०८
कुल संक्रमित : ७,४०२
निकाे हुने : ७०
गम्भीर अवस्था : ४४५
चीनमा फेरि कोरोना‚ सयौँ उडान रद्द र स्कुल बन्द
चीनमा फेरि कोरोना भाइरसको प्रकोप देखिएको छ। सरकारले सयौँ उडान स्थगित गरेको छ। यसैगरी स्कुल बन्द गरिएका छन्। सरकारले व्यापक रूपमा परीक्षण सुरु गरेको
कोभिड १९ भएर निको भएका मानिसमा फेरि चाँडै नै सङ्क्रमण हुने गरेको पाइयो
काठमाण्डौ / कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएर निको भएका मानिसमा फेरि चाँडै नै सङ्क्रमण हुने गरेको पाइएको छ । जापानका एक पुरुष कोरोना
भारतमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार
बनियानी / भारतको चेन्नईमा अलपत्र १४ नेपाली तीर्थयात्रीको आज उद्धार गरिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र






प्रतिकृया दिनुहोस