रुद्राक्ष ब्यवसायीहरुबाट प्रधानमन्त्री राहत कोषमा १ लाख ७५ हजार रुपैया सहयोग
सुरेन शाक्य/ सङ्खुवासभा ।
सङ्खुवासभाका रुद्राक्ष व्यवसायीहरूले प्रधानमन्त्री राहत कोषमा नगद रु १ लाख ७५ हजार सहयोग प्रदान गरेका छन् । प्राकृतिक विपद् तथा विभिन्न आपतकालीन अवस्थाबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा रहेका व्यवसायीहरूबाट उक्त रकम संकलन गरिएको जिल्ला रुद्राक्ष व्यवसायी संघका कोषाध्यक्ष मानसिङ राईले जानकारी दिनुभयो ।
प्राकृतिक विपद् तथा विभिन्न आपतकालीन अवस्थाबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताइएको छ। साथै, रुद्राक्ष व्यवसायसँग आबद्ध व्यवसायीहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आगामी दिनहरूमा पनि यस्ता सहयोगमूलक कार्यलाई निरन्तरता दिने रुद्राक्ष व्यवसायी तथा केन्द्रीय सदस्य राजिव श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।
पत्रिकालाई असोजसम्म साबिककै विज्ञापन दररेट भुक्तान गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको ध्यानाकर्षण
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति काठमाडौंले यही असोज १६ गते शुक्रवार प्रेस विज्ञप्ति जारी गरी सरकारले लोककल्याणकारी विज्ञापन प्रकाशन
सङ्खुवासभाका २७ वर्षे पत्रकार बने कांग्रेस महाधिवेशन प्रतिनिधि
प्रेम निरौला/ सङ्खुवासभा । नागरिक चासो डट.कम.का सञ्चालक एवम् नेपाल पत्रकार महासंघ सङ्खुवासभा जिल्ला कार्य समिति सदस्य २७ बर्षीय
खाँदबारीमा असोज-१७ गते साँझ 'सुरताल म्युजिकल कन्सर्ट २०८३'
पाख्री समाचारदाता । 'असल शासन क्लव' सङ्खुवासभाले यही असोज १७ गते शनिबार साँझ 'सुरताल सांगितिक साँझ - २०८३' सञ्चालनको तयारी गरेको छ ।



प्रतिकृया दिनुहोस