खाँदबारी खानेपानीको अध्यक्षमा दिव्य बराल निर्विरोध

पाख्री समाचारदाता ।
खाँदबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयन भएको छ । समितिको अध्यक्ष पदमा दिव्य बराल निर्विरोध निर्वाचित भएका छन् भने बाँकी पदाधिकारी तथा सदस्यहरू तीव्र प्रतिस्पर्धाका बीच निर्वाचनमार्फत चुनिएका छन् ।
​उपाध्यक्ष पदमा हरिश्वर थापा मगर १६२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी अस्मिन बज्राचार्यले १०३ मत प्राप्त गरे । सचिव पदमा १४९ मतका साथ रोहिणी रमण निरौला निर्वाचित भए भने उनका प्रतिस्पर्धी जनक शाक्यले ११६ मत प्राप्त गरे । कोषाध्यक्षमा १५८ मत प्राप्त गरी शिला श्रेष्ठ विजयी बनेकी छिन् । ​त्यस्तै, सहसचिव पदमा १०८ मतका साथ सल्यान नेपाली निर्वाचित भए । सोही पदका प्रतिस्पर्धीहरू एक जनाले ७९ र अर्कोले ७२ मत प्राप्त गरे ।
​महिला सदस्य पदमा निर्मला गुरुङ सर्वाधिक २०७ मत र चन्द्रकुमारी राई १५२ मत ल्याएर निर्वाचित भए । 
​खुला सदस्यतर्फ डिल्ली कुलुङ १७८ मत, कुमारबहादुर पोखरेल मगर १५४ मत र वीर बहादुर घिमिरे १४३ मत प्राप्त गरी विजयी भएका छन् । खुला सदस्यका अन्य प्रतिस्पर्धीहरू कृष्ण बरालले ९१ मत, मदन बजगाईले ७५ मत र उमनाथ तामाङले ६१ मत ल्याएका थिए ।
​नवनिर्वाचित कार्यसमितिलाई स्थानीय उपभोक्ताहरूले खाँदबारी क्षेत्रमा खानेपानीको दिगो व्यवस्थापन र सरसफाइ सुदृढीकरणका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

पत्रिकालाई असोजसम्म साबिककै विज्ञापन दररेट भुक्तान गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति काठमाडौंले यही असोज १६ गते शुक्रवार प्रेस विज्ञप्ति जारी गरी सरकारले लोककल्याणकारी विज्ञापन प्रकाशन

सङ्खुवासभाका २७ वर्षे पत्रकार बने कांग्रेस महाधिवेशन प्रतिनिधि

​प्रेम निरौला/ सङ्खुवासभा । नागरिक चासो डट.कम.का सञ्चालक एवम् नेपाल पत्रकार महासंघ सङ्खुवासभा जिल्ला कार्य समिति सदस्य २७ बर्षीय

खाँदबारीमा असोज-१७ गते साँझ 'सुरताल म्युजिकल कन्सर्ट २०८३'

​ पाख्री समाचारदाता । 'असल शासन क्लव' सङ्खुवासभाले यही असोज १७ गते शनिबार साँझ 'सुरताल सांगितिक साँझ - २०८३' सञ्चालनको तयारी गरेको छ ।

↑