नेकपा एमालेको राष्ट्रिय महाधिवेसनमा सङ्खुवासभाबाट ७ कोटा, ३१ उमेद्वारी
प्रेम निरौला/सङ्खुवासभा
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटमा सङ्खुवासभामा ३१ जनाको उमेद्वारी परेको छ । सड्खुवासभाबाट ४ प्रकारका कोटामा ७ जना प्रतिनिधि छनौट गर्नुपर्ने जिल्लाका एमाले उपसचिव एवम् महाधिवेसन छनौट निर्वाचन कमिटी सदस्य लेखनाथ बुढाथोकीले बताए । महाधिवेसन प्रतिनिधि कोटाहरुमा खुल्ला ३ जना, महिला २ जना, ४० बर्षमुनीका युवा समुहबाट १ र दलितबाट १ जना प्रतिनिधि पठाउनु पर्ने एमालेले जनाएको छ ।
महाधिवेशन प्रतिनिधि छनौट निर्वाचन कमिटी सड्खुवासभाले प्रकाशन गरेको उम्मेद्वारको प्रारम्भिक नामावलीमा ३१ जनाको नाम उल्लेख छ ।खुल्ला प्रतिनिधिमा ३ जना प्रतिनिधिका लागि १४ जनाको उम्मेद्वरी परेका छ । खुल्ला सदस्यका लागि भविश्वर गुरुड, मानसिं पोख़ेल, जितबहादुर घिमिरे, सूर्य बहादुर दाहाल, शेर बहादुर कार्की, यादव कुमार अधिकारी, खड्गबहादुर राई, बिदुर कुमार लिंथेप, सुमन श्रेष्ठ, भिम बहादुर लिंखा, मुरारीप्रसाद खतिवडा, मौसम आले मगर, कममणि गौतम र भरतकुमार खत्रीले उम्मेद्बारी दिएका छन् । महिला प्रतिनिधिका लागि सुनिता कटुवाल कार्की, उर्मिला नेपाल सुवेदी, एलिना श्रेष्ठ, हेमकुमारी चौहान, गोमादेवी कटुवाल र महेश्वरा श्रेष्ठले उम्मेद्ववारी दिएका छन् । युवाको कोटामा युवराज राई, फुर्वा शेर्पा, टंकप्रसाद दाहाल, सन्दिप घिमिरे, सुजना जोशी, विकास पौडेल, भरत कार्कीं, ध्रुव खड्का र फुर्वा भोटेले उम्मेद्वारी दिएका छन् । त्यसैगरी दलित प्रतिनिधिका लागि टंकबहादुर रोक्का र इन्द्रमाया बराइलीले उम्मेद्वारी दिएका छन् ।
उम्मेदवारी दिए पनि सर्वसम्मतिमा नै महाधिवेशन प्रतिनिधि छनौटको प्रयास भइरहेको एमालेले जनाएको छ । उम्मेद्वारी फिर्ताका लागि मंसिर ९ गते १० बजेदेखि ३ बजेसम्मको कार्यतालिका तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन ९ गते साढे ४ बजे गर्ने निर्वाचन कमिटिले जनाएको छ । निर्वाचन मंसिर १३ गते विहान ८:१५ देखि दिउँसो ३:०० बजेसम्म प्रत्येक पालिकामा हुने प्रमुख निर्वाचन संयोजक शान्तिकुमार दाहालले बताए ।
महाधिवेसन प्रतिनिधि छनौटका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको हकमा १,२०० पार्टी सदस्य बराबार ४০ वर्षमुनिका एक युवा, कम्तीमा १ जना महिलासहित ४ जना प्रतिनिधि निर्वाचित हुनेछन् । न्यूनतम १,२०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप १ जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप ८/८ सय नाघेमा पहिलो ८०० मा महिला र त्यसपछि दोस्रो र तेस्रोमा खुल्ला प्रतिनिधिको कोटा हुनेछ भने चौथो ८०० नाघेमा माहिला सदस्यको कोटा हुनेछ ।
दलित निर्वाचन क्षेत्रको हकमा चाँही प्रति ५०० बराबर १ कोट हुने निर्वाचन कमिटीका बुढाथोकीले वताए । त्यसभन्दा बढ़ी संगठित सदस्य भएमा सोही अनुपातमा पहिलो सयमा महिला र अन्यमा खुला निर्वाचित प्रतिनिधि चुनिनेछन् । अहिले सड्खुवासभामा एमालेका ३ हजार ८२ जना पार्टी सदस्य रहेका छन् ।
"विकासका लागि राजनीति"
म सानैदेखि राजनीतिक रूपमा निकै सचेत र विभिन्न राजनीतिक गतिविधिमा पनि संलग्न हुँदै आएको थिएँ । त्यसैले विभिन्न राजनीतिक मुद्वामा ३२ वर्षकै उमेरमा
“हामीलाई विकास भन्दा पहिले देशको अस्तित्वको पहरेदार नेतृत्व चाहिएको छ”
सामान्यतया बिकास भन्नेबित्तिकै मानिसहरूले चिल्ला सडक, ठुला महल र आर्थिक समृद्धिको सपना बुझ्छन् । पक्कै पनि, विकास नागरिकको नैसर्गिक अधिकार हो
एमालेको राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटमा सङ्खुवासभाबाट ६२% मत खस्यो, ६ कोटाको लागि १८ जना भिडे, मतगणना सुरु
प्रेम निरौला/सङ्खुवासभा नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटमा सङ्खुवासभामाबाट ६२ प्रतिशत मत खसेको छ । यही मंसिर १३ गते शनिबार






प्रतिकृया दिनुहोस