दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँ

काठमाडाैं : दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ ।

 

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

 

देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख गरिएको छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

 

राजधानीका गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पूजा गर्न भक्तजनहरुको घुँइचो लागेको छ ।

 

प्रतिकृया दिनुहोस

आज ७१ औँ विश्‍व मानव अधिकार दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै

  काठमाडाैँ  /  आज ७१ औँ विश्‍व मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।   सन् १९४८ डिसेम्बर १० तारिखका दिन पहिलाेपटक

नेपालका १६ औं राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको १३५ औँ जन्मजयन्ती मनाइँदै

  काठमाडाैं, २५ कात्तिक । नेपालका १६ औं राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती इलामसहित पूर्वी नेपालका

किराँत धर्मावलम्बीको महागुरु ‘फाल्गुनन्द जयन्ती’का अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना

  काठमाडाैं, २५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक

↑