एमालेको राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटमा सङ्खुवासभाबाट ६२% मत खस्यो, ६ कोटाको लागि १८ जना भिडे, मतगणना सुरु
प्रेम निरौला/सङ्खुवासभा
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटमा सङ्खुवासभामाबाट ६२ प्रतिशत मत खसेको छ । यही मंसिर १३ गते शनिबार सम्पन्न मतदानमा १९१२ मत खसेको हो । सङ्खुवासभामा एमालेका ३ हजार ८३ संगठित सदस्य छन् । आज बिहान ८ः१५ देखि दिउँसो ३ः०० सम्म जिल्ला समन्वय समितिको सभाहल खाँदबारीमा मतदान गरिएको थियो ।
एमाले सङ्खुवासभाले चार प्रकारका समुहबाट ७ जना प्रतिनिधि छनौट गर्नुपर्ने थियो । जसमा दलित समुहबाट इन्द्रमाया बराइली निर्विरोध छनौट भइसकेकी छन् । बाँकी ६ कोटाका लागि १८ जना भिडेको एमालेका कोशी प्रदेश सदस्य हेमराज निरौलाले वताए ।
खुल्लातर्फ ३ जना छनौट गर्नुपर्नेमा १२ जना भिडेका छन् । जसमा, भविश्वर गुरुड, मानसिं पोख़ेल, सूर्य बहादुर दाहाल, शेर बहादुर कार्की, यादव कुमार अधिकारी, खड्गबहादुर राई, बिदुर कुमार लिंथेप, सुमन श्रेष्ठ, मुरारीप्रसाद खतिवडा, मौसम आले मगर, कममणि गौतम र भरतकुमार खत्री मध्येबाट ३ जना छनौट हुनेछन् ।
यसैगरी महिलातर्फ ३ जना भिडेका छन् । जसमा सुनिता कटुवाल कार्की, उर्मिला नेपाल सुवेदी, हेम कुमारी चौहान मध्येबाट २ जना छनौट हुनेछन् । र, ४० बर्षमुनीका युवा समुहबाट १ कोटाका लागि ३ जना भिडेका छन् । जसमा, फुर्वा शेर्पा, टंकप्रसाद दाहाल र ध्रुव खड्का छन् ।
"विकासका लागि राजनीति"
म सानैदेखि राजनीतिक रूपमा निकै सचेत र विभिन्न राजनीतिक गतिविधिमा पनि संलग्न हुँदै आएको थिएँ । त्यसैले विभिन्न राजनीतिक मुद्वामा ३२ वर्षकै उमेरमा
“हामीलाई विकास भन्दा पहिले देशको अस्तित्वको पहरेदार नेतृत्व चाहिएको छ”
सामान्यतया बिकास भन्नेबित्तिकै मानिसहरूले चिल्ला सडक, ठुला महल र आर्थिक समृद्धिको सपना बुझ्छन् । पक्कै पनि, विकास नागरिकको नैसर्गिक अधिकार हो
नेकपा एमालेको राष्ट्रिय महाधिवेसनमा सङ्खुवासभाबाट ७ कोटा, ३१ उमेद्वारी
प्रेम निरौला/सङ्खुवासभा नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटमा सङ्खुवासभामा ३१ जनाको उमेद्वारी परेको छ । सड्खुवासभाबाट ४






प्रतिकृया दिनुहोस